सांकेतिक तस्बिर।

बेनी : बेनी-दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका ४ सिंगाको घुमाउने भीरबाट जीप खोलामा खस्दा दुईजना घाइते भएका छन् । दरवाङदेखि बेनी आउँदै गरेको बा १६ च ८११० नम्बरको बोलेरो जीप शनिबार राती १०.२० बजेतिर म्याग्दी खोलामा खसेको थियो ।

दुर्घटनामा मंगला गाउँपालिका २ सिमलचौरका अन्दाजी ३० वर्षका सुन्दर खड्का र ३० वर्षका ललीत बानिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

बेनी अस्पतालमा उपचार गराइरहेका उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ । खतरामुक्त रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् । तातोपानी प्रहरी चौकीबाट गएको टोलीले घाइतेको उद्धार गरेर बेनी पठाएको थियो।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.