जनता नेपाल,सोलुखुम्बु-

शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट एक कारोड ४० लाख ३६ हजार ३०० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै दुई करोड ७० लाख ८५ हजार ६०० रुपैयाँ रोयल्टी संकलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार पाँच रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।
वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरूबाट सरकारले ६३ लाख ११ हजार ८ सय रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.