देशकै प्रतिष्ठित चौधरी ग्रुप अन्तर्गत उत्पादनमा आएको ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक भएको छ । ‘माल्टोजीङ्ग’ बिएलसी होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन र प्रर्बधनमा बजारमा ल्याईएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले ‘माल्टोजीङ्ग’को सार्वजनिक गरेका हुन ।

माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । माल्टोजीङ्ग आजैदेखि नेपालका सबै किराना पसलमा उपलब्ध हुने उक्त कार्यक्रममा कार्यकारी निर्देशक पारस शाक्यले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट र चोकलेट गरी दुई स्वादमा बजारमा ल्याईएको छ । चोकलेट स्वादमा प्रतिबट्टा ३५० रुपैयाँ र क्लासिक माल्ट स्वादमा प्रतिबट्टा ३३० रुपैयाँ मूल्य तोकिएको छ । माल्टोजीङग बजारमा उपलब्ध विभिन्न खालका ब्राण्ड भन्दा सस्तो र गुणस्तर रहेको उनले बताए ।

‘माल्टोजीङ्ग’ ले नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने र यसमा ब्रेन, बोन र बडी (मष्तिष्क, हाड र शरिर) लाई अति आवश्यक तत्वहरु प्रोटिन, फ्याट, काब्रोहाईड्रेट्स, भिटामीन बि सिरिज, बायोटिन, आयोडिन, भिटामीन ए, भिटामीन सि, भिटामीन डी र अत्यावश्यक सम्पूर्ण खनिज तत्वहरु जस्तै म्याग्नेसियस, क्याल्सियम, फस्फोरस, कपर, सेलेनियम, जिङ्क, पोटासियम र आईरन लगायतको मिश्रण रहेको उक्त कार्यक्रममा जनाईएको थियो ।

jantanepal Administrator
Sorry! The Author has not filled his profile.
×
jantanepal Administrator
Sorry! The Author has not filled his profile.
Latest Posts
  • Pradip Khadka

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.