काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ८१ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ५ करोड २५ लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैया ६१ पैसा रहेको छ।

कम्पनीको जगेडा कोष १८७ प्रतिशतले वृद्धि हुँदै ४९ करोड ९५ लाख पुगेको छ भने जीवन बीमा कोष ३१२ प्रतिशतले वृद्धि हुँदै ७१ करोड १८ लाख पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ७४ प्रतिशतले वृद्धि हुँदै ३८ करोड ७६ लाख पुगेको छ भने खुद दावी भुक्तानी ५९८ प्रतिशतले वृद्धि हुँदै ६ करोड २३ लाख पुगेको छ। भुक्तानी हुन् बाँकी दावी रकम छैन।

कुल कायम रहेको बीमा लेख संख्या ४६३ प्रतिशतले वृद्धि हुँदै ११ लाख ३३ हजार पुगेको छ।

कम्पनीले भविष्यमा आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.