काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रको पर्यटन सम्बद्ध व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको छ ।

४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा गरिएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको हो । बुद्ध एयरले गत आवमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो ।

यसैगरी सबैभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सफल एयरलाइन्सको रुपमा भने कतार एयरवेज नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ। कतार एयरवेजले सन् २०१८ मा कुल ३ लाख ९९ हजार ३ सय ३६ पर्यटक नेपाल भित्र्याएको थियो । यसैगरी बोर्डले बढी विदेशी मुद्रा आर्जनमा सहयोग गरेको भन्दै फ्लाइट कनेक्सन डोमेस्टिक प्रालिलाई पनि सम्मान गरिएको छ । प्रालिले कुल ९४ लाख ५३ हजार २ सय ८३ डलर मुद्रा आर्जन गरेको थियो ।

साथै पर्यटन गन्तव्यको रुपमा कालिन्चोक दर्शन प्रालि र बढी रोजगारी सिर्जना गरेको भन्दै सोल्टी होटललाई सम्मान गरिएको छ । सोल्टीले ४ सय ५ जनालाई रोजगारी दिएको थियो । निजी क्षेत्रबाटै अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिएको भन्दै बोर्डले द बेकरी क्याफेलाई पनि बोर्डले सम्मा गरेको छ ।

यसैगरी बोर्डले सामाजिक उत्तरदायित्व अन्तर्गत फिस्टेल एयर, पर्वतारोहण तर्फबाट सेभेन समिट ट्रे्क्स प्रालिलाई समान गरेको हो ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.