सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले कार्तिक २३ गते ,नोभेम्बर ९ शनिवार काठमाडौँको बागबजार स्थित आफ्नै कार्यालयमा र कार्तिक २४ गते नोभेम्बर १०मा चितवनको भरतपुर गार्डेन रिसोर्टमा ई—प्लानेट अष्ट्रेलियन एजुकेशन फेयर २०१९ को आयोजना हुँदै छ । काठमाडौं बाहेक पोखरा, बुटवल चितवन लगायत देशका प्रमुख सहरहरुबाट सेवा प्रवाह गर्दै आएको यस संस्थाले अष्ट्रेलिया स्थित सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा समेत शाखा कार्यालयहरु खोलेर हजारौं विद्यार्थीहरुलाई परामर्ष सेवा प्रदान गर्दै आइरहेको छ । ई—प्लानेटले आफ्नै कार्यालय बागबजारमा गर्न गइरहेको फेयरको विषयमा ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेसँग गरिएको कुराकानीको मूख्य अंशः

पछिल्लो समय अष्ट्रेलिया अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि भिषा पोलिसि परिवर्तन भएको हो ?
अहिले अष्ट्रेलिन सरकारले नेपाललाई लेभल २ बाट लेभल तिनमा झारेको भएपनि कागजपत्र बलियो भएका विद्यार्थीको भिषा सहज रुपमा लाग्ने गरेको छ । पोलिसि चेन्ज भएपनि विश्वविद्यालयमा आवेदन गर्ने विद्यार्थीको आर्थीक र शैक्षिक योग्यता बलियो छ भने उनीहरुले सहज रुपमा भिषा पाएका छन् । इप्लानेटले पहिले देखीनै डकुमेन्ट बनाउँदा ध्यान दिने भएकाले समस्या भएको छैन । पहिले बनाउने कागजपत्र अहिले पनि त्यहि नै बनाउने हो तर पहिले भन्दा अहिले आर्थिक कागजपत्र बनाउँदा अझ बढि ध्यान पु¥याउन जरुरी छ । एजुकेशन ग्याप भने हुनु हुँदैन ।
लेभल ३ मा विश्वविद्यालय बाहेक अन्य कलेजमा अध्ययन गर्न विद्यार्थीले सहज रुपमा भिषा पाउँदैनन् भन्ने सुनिन्छ के भन्नुहुन्छ ?
लेभल ३ मा परेसंगै अन्यत्र भिषा नै नलाग्ने भन्ने त हुँदैन विश्वविद्यालयका लागि दिने अरुलाई नदिने भनेर अष्ट्रेलियन सरकारले त्यस्तो कुनै नियमा बनाएको पनि छैन तर विश्वविद्यालय बाहेक अन्य प्राविधिक विषय अध्ययन हुने कलेजमा अध्ययन गर्न खोज्ने विद्यार्थीको भिषा रिजेक्सन बढेको हो ।विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय रोज्नुनै उपयुक्त हुन्छ ।
विश्वविद्यालयमा अध्ययन गर्दै पार्टटाइम काम गरेर विद्यार्थीले आफ्नो खर्च धान्न सक्छन् कि सक्दैनन् ?
विश्वविद्यायको फि कलेजको भन्दा तुलनात्मक रुपमा महंगो हुन्छ । विद्यार्थीले विश्वविद्यायमा पढ्दै काम गरेको पैसाले आफ्नो बस्ने खाने लागायत सबै खर्च धाने पनि जाने बेलामा एक बर्षको टिउसन फि तिरेर जादाँ सहज हुन्छ भने काम गर्दै पढ्दै गर्ने भन्दा पनि अध्ययन पश्चात काम गर्ने सोच राख्नुपर्छ ।
ई—प्लानेटले आयोजना गर्न लागेको ई—प्लानेट अष्ट्रेलियन एजुकेशन फेयर २०१९ को आकर्षण के के छन् ?
कुनै पनि एजुकेसन फेयरको मुल उद्देश्य भनेको सम्वन्धित क्षेत्रको शैक्षिक विषयमा जानकारी प्रदान गर्नु नै हो । ई—प्लानेटले अष्ट्रेलियन एजुकेशन फेयरमो अष्ट्रेलियामा उच्चशिक्षा अध्यापन गराउँदै आइरहेका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको विषयमा जानकारी प्रदान गर्छाैं । एउटै थलोमा विभिन्न विश्वविद्यालय र विषयहरुको जानकारी प्राप्त गर्ने अवसरले विद्यार्थीहरुलाई सहजता प्रदान गर्छ । यो फेयरमा अष्ट्रेलियमा उच्चशिक्षा प्रदान गरिरहेका कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । विद्यार्थीहरुले सम्वन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरुसँग प्रतक्ष्यरुपमा संवाद गर्न पाउनेछन् । आफूले पढ्न चाहेको विषयका लागि कुन विश्वविद्यालय ठिक हुन्छ ? शैक्षिक गुणस्तर कस्तो छ ? सम्वन्धित विषय पढ्नका लागि के कस्ता छात्रवृत्तिहरु प्राप्त गर्न सकिन्छ ? लगायतका विषयहरु विद्यार्थीहरुले स्पष्ट रूपमा जानकारी पाउँछन् । फेयरमा आउने विद्यार्थीले इ—प्लानेटले प्रदान गरिरहेका सेवाहरुमा विशेष सहुलियत प्राप्त गर्नुका साथै छात्रवृत्ति र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्छन् ।
अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी ई—प्लानेटले सञ्चालन गरेको फेयरमा किन आउने ?
अहिले अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित धेरै भ्रामक कुराहरु फैलियका छन् । अष्ट्रेलियाको परिवर्तिक शिक्षा नीति त्यहाँको भौतिक शैक्षिक वातावरण, अध्ययन गर्न जानु पूर्वका तयारीका विषयमा यस फेयरमा जानकारी दिइने भएकाले पनि यो फेयर अन्त्यन्तै महत्वपूर्ण छ । ई—प्लानेटलले सञ्चालन गर्न गइरहेको फेयरमा किन आउने भन्ने विषयमा म के भन्छु भने यहाँ २० वटा भन्दा बढि विश्वविद्यालय र त्यसका प्रतिनिधिहरु बोलाएर नेपाली विद्यार्थीहरुलाई ‘फस्ट हेन्ड’ इन्फरमेसन दिन खोजिरहेका छौं । फेयरमा विद्यार्थीको आर्थिक र शैक्षिक क्षमता अनुसार कस्तो ठाउँ, कलेज र विषय छनौट गर्दा राम्रो हुन्छ भन्ने स्पष्ट जानकारी दिन्छौं । सम्पूर्ण परिवेश र अवस्थाको जानकारी गराएर विद्यार्थीलाई आफू अनुकुलको निर्णय गर्न सक्नेगरी सुचित गर्छाैं ।
अष्ट्रेलियमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श प्रदान गर्ने कैयौं कन्सलटेन्सिहरु छन् ,विद्यार्थीले ई—प्लानेटलाई नै किन रोज्ने ?
ई—प्लानेटले सन् २००५ देखि नै अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हामीले विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा र परामर्ष अल्पकालिन हुँदैन । हामीहरु विद्यार्थीलाई दीर्घकालिन हितमा आधारित रहेर परामर्श प्रदान गछौँ । आज अथवा भोलि सजिलो हुनेभन्दा पनि उसको करिअर कसरी बन्छ ? उ ग्राजुएट भइसकेपछि उसको भविश्य कसरी निर्माण हुन्छ भन्ने विषयलाई मध्यनजर गरी हामीले परामर्श प्रदान गर्दै आइरहेका छौँ ।

अहिलेको अवस्थामा अष्ट्रेलिया जाने विद्यार्थीहरुसँग के कस्ता चुनौतिहरु देख्नुहुन्छ ?
अष्ट्रेलिया जाने विद्यार्थीहरुको मुख्य समस्या भनेकै उनीहरुले अष्ट्रेलियाबारे सम्पूर्ण सुचना नलिईकनै अष्ट्रेलिया जानु हो । सुचना भन्ने वित्तिकै कलेज र विश्वविद्यालयको जानकारी मात्र होइन । त्यहाँको सँस्कृति, भूगोल, जीवनशैली लगायतका विषयमा जानकारी लिएर जाने विद्यार्थी त्यहाँ सजिलै घुलमिल हुन सक्छ । उसले सजिलै अवसरहरु पहिल्याउन सक्छ । तसर्थ अष्ट्रेलिया उच्चशिक्षा लिन जाने हरेक विद्यार्थी यथेष्ट जानकारी र सुचना लिएर जानु जरुरी छ । अर्काेतर्फ विद्यार्थीहरुले को मार्फत र कसरी आफू जान लागिएको छ भन्ने कुरामा पनि ख्याल पु¥याउनु पर्छ । यसो नगरे विभिन्न समस्याहरु आउन सक्छन् ।

अन्त्यमा, अष्ट्रेलियन एजुकेशन फेयर २०१९ मा आउन चाहने विद्यार्थी र अभिभावकहरुलाई के भन्नुहुन्छ ?
ई—प्लानेटले उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुलाई विगत लामो समयदेखी परामर्श प्रदान गर्दै आइरहेको धेरै अभिभावक र विद्यार्थीहरुलाई थाहा नै छ । हामीहरु उच्च शिक्षाको क्षेत्रमा मात्र कार्य गरिरहेका छौं । यो फेयरले ‘फस्ट हेन्ट’ जानकारी प्राप्त गर्न सकिने अवसर जुटाएको छ । तसर्थ विद्यार्थी तथा अभिभावकहरुलाई यही कार्तिक २३ गते विहान १० बजेबाट साँझ पाँच बजेसम्म ई—प्लानेटको कार्यालय बागबजारमा र कार्तिक २४ गते चितवनको चितवन गार्डेन रिसोर्टमा सञ्चालित हुने ई—प्लानेट अष्ट्रेलियन एजुकेशन फेयर २०१९ भ्रमणगरी अवसरको सदुपयोग गर्न अनुरोध गर्दछु ।

एउटै थलोमा विभिन्न विश्वविद्यालय र विषयहरुको जानकारी प्राप्त गर्ने अवसरले विद्यार्थीहरुलाई सहजता प्रदान गर्छ । यो फेयरमा अष्ट्रेलियमा उच्चशिक्षा प्रदान गरिरहेका कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । विद्यार्थीहरुले सम्वन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरुसँग प्रतक्ष्यरुपमा संवाद गर्न पाउनेछन् । आफूले पढ्न चाहेको विषयका लागि कुन विश्वविद्यालय ठिक हुन्छ ? शैक्षिक गुणस्तर कस्तो छ ? सम्वन्धित विषय पढ्नका लागि के कस्ता छात्रवृत्तिहरु प्राप्त गर्न सकिन्छ ? लगायतका विषयहरु विद्यार्थीहरुले स्पष्ट रूपमा जानकारी पाउँछन् ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.