खेलकुद

ला लिगा अन्तर्गत रियल मड्रिडको जित

एजेन्सी– ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । शनिबार भएको खेलमा रियलले लेभान्तेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेमला रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै कासिमिरोले एक गोल गरे । उता लेभान्तेका लागि बोरार्जा मयोरल र गोन्जाले मेलेरोले एक–एक गोल गरे । खेलको २५ औँ मिनेटमा बोन्जिमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ३१ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।

खेलको ४० औँ मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाए । पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

यता लेभान्तेका लागि खेलको ४९ औँ मिनेटमा मयोरलले गोल गर्दै टिमलाई केही राहत दिलाए । खेलको ७५ औँ मिनेटमा लेभान्तेका लागि गोन्जालोले गोल गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् । जितसँगै रियल चार खेलबाट ८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पराजित लेभान्ते ६ अंक सहित तालिकाको सातौँ स्थानमा छ ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.