समाचार

यौन दुर्व्यवहार आरोप झेलिरहेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने

काठमाडौं । यौन दुर्व्यवहारको आरोप झेलेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन् । नेकपाका नेताहरूको परामर्श र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझाव–निर्देशनपछि महराले राजीनामा दिने तयारी गरेका हुन् ।

संविधानतः सभामुख पार्टीको सदस्य नभएकाले अध्यक्ष र प्रधानमन्त्रीले निर्देशन दिन नमिल्ने भए पनि पार्टीसँग जोडिएको विषय हुनाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । सभामुख महराले अन्य शीर्ष नेतासँग पनि परामर्श गरेको बताइएको छ । नेताहरूको सुझाव अनुसार महरा आजै दिउँसो राजीनामा दिने तयारीमा रहेको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ । महरा प्रकरणपछि पार्टीको धारणा तय गर्न नेकपाको आकस्मिक सचिवालय बैठक बालुवाटारमा बैठक बस्दैछ । सचिवालयको बैठकपछि सभामुख महराको राजीनामा आउने नेकपा स्रोतले बतायो ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.