समाचार

क्रीडामा मग्न एक जोडी घरको तेस्रो तल्लाबाट झरेर मृत्यु

काठमाडौं – इक्वेडरको कारापुंगोमा नग्न अवस्थाका एक पुरुष र महिला तेस्रो तल्लामा क्रीडामा मग्न रहेको अवस्थामा खसेर मृत्युवरण गर्न पुगेका छन् ।

२८ वर्षीया महिला र उनका ३५ वर्षीय प्रेमीको मृत शरीर नजिकैको टेरेसमा भेटिएको थियो । ती महिलाले आयोजन गरेको पार्टीमा उक्त काण्ड भएको थियो ।

ती महिलाकी आठ वर्षीया छोरी छिन् । अनौठो किसिमको थडथड आवाज आएपछि दौडिँदै बाहिर आएका एक छिमेकीले उक्त जोडी लडेर टेरेसमा पछारिएको देखिन् । प्रहरी प्रमुख क्रिस्टियन त्रुजिल्लोले घटनाको अनुसन्धान भइरहेको बताए ।

स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, क्रीडामग्न जोडीले बाल्कोनीको पर्खालको उचाइ अन्दाज गर्न सकेनन् र क्रीडाकै क्रममा त्यसमाथिबाट गुल्टिए ।

एजेन्सी-

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.