समाचार

जंगली च्याउ खादा एकै परिवारका १२ सदस्य बिरामी

सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ ।

बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, पाँच वर्षीया छोरी प्रियङ्का माझी र तीन वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ ।

बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

बिरामी परेकाहरुको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा बिरामी परेकालाई जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताएका छन् ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.