समाचार

शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् रबि बिरुद्व किटानी जाहेरी

काठमाडौं- चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

प्रहरी अधिकृतका अनुसार, २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘परिवारको जाहेरी प्राप्त भएको छ । हामीले शिलबन्दी गरेर चितवन पठाउने तयारी गरिरहेका छौं ।’

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

प्रहरीले जाहेरीविनै ३० साउनमा लामिछाने र कँडेललाई पानिपोखरीस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो भने कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । अनुसन्धानलाई प्रभावित पार्न सक्ने देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी दाबी छ ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.