Businessसमाचार

संचारकर्मी रबी लामिछानेलाई पञ्चेबाजा सहित काठमाण्डौमा भव्य स्वागत

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गरेको थियो।

धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले समर्थकहरुका लागि चितवनमा धन्यवाद सभा कार्यक्रमकाे आयोजना गरेका थिए । उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरे।

हिरासतबाट छुटेपछि सञ्चारकर्मी रवि लामिछाने बुधबार काठमाण्डौ आएका छन् । बुधबार राजधानी आउँदा उनलाई एयरपोर्टमै भव्य स्वागत गरियो । उनको स्वागतमा एयरपोटएमा महिलाहरु पञ्चेबाजा बजाएर बसेका थिए ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here