समाचार

रबीको समर्थनमा चितवनमा उर्लियो जनसागर

चितवन- पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्‍याइएको हो ।

उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा उनीहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
उनीहरुलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उनले जानकारी दिए ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.