समाचार

रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु

रोल्पा ।  रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ । घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका हुन् । दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.